प्रहरीकै संरक्षणमा सीमावर्ती इनर्वा टोलमा अवैध भट्टी! ३० भन्दा बढी मदिरा पसल सञ्चालन, तस्करीसमेत बढ्दो

गढीमाई डेस्क कलैया, ०२ फागुन/ पचरौता नगरपालिका–४ अन्तर्गत भारतसँग सिधै जोडिएको इनर्वा टोल क्षेत्रमा प्रहरीकै मिलेमतोमा अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय बासिन्दाले सीमावर्ती खेतबारी क्षेत्रमा खुला रूपमा अवैध मदिरा भट्टी सञ्चालन हुँदै आएको बताएका छन्। स्थानीयका अनुसार बेलदारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल यादवको संरक्षणमा कच्चा पदार्थ तयारीदेखि […]
मधेश प्रदेशमा प्रसौनी गाउँपालिका दोस्रो सर्वोत्कृष्ट

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा प्रसौनी गाउँपालिकाले ७०.२४ अंक प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट तथा मधेश प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ। आयोगले देशभरका स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय अनुशासन, पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरेको हो। सार्वजनिक नतिजाअनुसार मधेश प्रदेशमा पर्सागढी […]
फागुन २१ को निर्वाचनका लागि बारामा कडा सुरक्षा, ४ हजारभन्दा बढी प्रहरी परिचालन

श्यामबाबु यादव कलैया, २ माघ/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बारामा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन्। गृह मन्त्रालयको सुरक्षा योजनाअनुसार जिल्लाको समग्र सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए। बारामा ३०५ मतदानस्थल र ५८७ […]
चौधरीको मौन समर्थन नपाउँदा बुढाथोकी दबाबमा, कांग्रेसभित्रै अविश्वासको राजनीति

बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार शम्भुबहादुर बुढाथोकीको चुनावी अभियान बाहिर देखिएजस्तो मजबुत नभएको संकेत देखिन थालेको छ । घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका बुढाथोकी पार्टीभित्रकै असहयोग र अविश्वासको घेरामा परेको चर्चा स्थानीय राजनीतिक वृत्तमा बढ्दो छ । पार्टीका प्रभावशाली नेता तथा पूर्व खानेपानी मन्त्री उमाकान्त चौधरी चुनावी अभियानमा सक्रिय नदेखिनु स्वयं […]
आज किस डे’ : प्रेम अभिव्यक्त गर्ने विशेष दिन

बारा, १ फागुन (फेब्रुअरी 13) / वैलेंटाइन वीकअन्तर्गत आज ‘किस डे’ मनाइँदैछ। Valentine’s Day भन्दा एक दिन अघि पर्ने यो दिन प्रेम र आत्मीयताको प्रतीकका रूपमा लिइन्छ। नेपालमा यो औपचारिक पर्व नभए पनि विशेषगरी युवापुस्तामाझ यसको लोकप्रियता बढ्दो छ। जोडीहरूले भेटघाट, सानो सरप्राइज, फूल–चकलेट साटासाट तथा सामाजिक सञ्जालमार्फत शुभकामना आदान–प्रदान गर्दै दिनलाई विशेष बनाउने गरेका छन्। […]
आमाको नामबाट बारामा दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता प्रदान

बारामा आमाको नामबाट दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको छ। नागरिकता ऐन संशोधनपछि पहिलोपटक जिल्लामा यो व्यवस्था कार्यान्वयनमा आएको हो। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत तथा कलैया उपमहानगरपालिका–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंहले आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका हुन्। प्रमुख जिल्ला […]
पकहाँमैनपुर गाउँपालिकामा तनाव: अध्यक्षद्वारा कर्मचारीमाथि धम्की र दुर्व्यवहारको आरोप

पर्सा ,२९ माघ / पकहाँमैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश प्रसादविरुद्ध कर्मचारीहरूले गम्भीर आरोप लगाएका छन्। गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षबाट पटक–पटक धम्की, गालीगलौज तथा अमर्यादित व्यवहार भएको बताएका छन्। कर्मचारीहरूको आरोपअनुसार अध्यक्षले कानुन विपरीत तजबिजका आधारमा स्वार्थपूर्ण काम गराउन खोज्ने गरेका छन्। त्यस्तो काम गर्न इन्कार गर्दा धम्कीपूर्ण अभिव्यक्ति दिने, […]
सशस्त्रका गणपति केसीको विदाई, साझेदारीकर्मी यादवसहित चार जना सञ्चारकर्मी सम्मानित

कलैया : सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको आज भव्य विदाई भएको छ। उनको विदाई कार्यक्रममा साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका कलैया संवाददाता संदिप प्रसाद यादवसहित चार जना पत्रकारलाई गणपति केसीले सम्मानित गरेका छन्। बाराको कलैया उपमहानगरपालिका –१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा बिदाई कार्यक्रम भएको हो। […]
घण्टौँसम्म अलपत्र : बुद्ध एयरको मनपरी, मन्त्रालयको मौन समर्थन ?”

काठमाडौ १९ माघ/ रिपोर्टिङको क्रममा अहिले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ यात्रुहरू घण्टौँदेखि अलपत्र परेका छन्। काठमाडौँबाट सिमरा जाने बुद्ध एयरको साढे १०:३० बजे निर्धारित उडान अहिलेसम्म उड्ने कुनै निश्चितता देखिएको छैन। हरेक यात्रुको चाहना हुन्छ—छिटोभन्दा छिटो आफ्नो गन्तव्यमा पुगेर महत्वपूर्ण काम सम्पन्न गर्ने। यही अपेक्षाका साथ यात्रुहरूले बस वा सुमोभन्दा सुरक्षित र छिटो हुने […]
कलैया-१४ मा रास्वपाका उम्मेदवार अरविन्द साहद्वारा घरदैलो सम्पन्न

कलैया,१८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साह घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन् । उनले बाराको कलैया उपमहानगरपालिका–१४ स्थित भौंरा र जितपुर टोलमा आइतबार बिहान घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा इन्जिनियर साहले मतदातासँग […]