फागुन २१ को निर्वाचनका लागि बारामा कडा सुरक्षा, ४ हजारभन्दा बढी प्रहरी परिचालन

गढिमाइ खबर
84 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट
कलैया, २ माघ/

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बारामा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन्।

गृह मन्त्रालयको सुरक्षा योजनाअनुसार जिल्लाको समग्र सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए। बारामा ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्र तोकिएका छन् भने करिब ३ हजार ६ सय सुरक्षाकर्मी आवश्यक पर्ने अनुमान गरिएकोमा पर्याप्त जनशक्ति उपलब्ध रहेको जनाइएको छ।

४ हजार ३४ जना निर्वाचन प्रहरीलाई तालिम दिई खटाइसकिएको र सबै मतदानस्थललाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ मिश्रले बताए। मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउने विस्तृत योजना तयार गरिएको छ।

आचारसंहिता अनुगमन तथा सामाजिक सञ्जाल निगरानी समिति गठन गरी सक्रिय अनुगमन भइरहेको जनाउँदै उनले उल्लंघन गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिए। सीमावर्ती क्षेत्रमा समेत विशेष निगरानी बढाइएको छ।

प्रशासनले मतदातालाई निडर भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ।

साझा गर्नुहोस्