मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको आह्वान

गढिमाइ खबर
54 पाठक संख्या

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि प्रदेशसभा सदस्यहरूलाई दाबी पेस गर्न आह्वान गरेको छ।
‎
‎प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णजीयाले मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।
‎
‎प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ।
‎
‎प्रदेश प्रमुखको कार्यालयले तोकिएको समयभित्र बहुमतको आधारसहित दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ।
‎
‎मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत भएसँगै मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच समीकरण र छलफल थप तीव्र हुने देखिएको छ।

साझा गर्नुहोस्