पर्सा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
उसले १५ कठ्ठा १० धुरमा लगाइएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले पर्साको ठोरी गाउँपालिका ४ र जिराभवानी गाउँपालिकामा लगाइएको अबैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले उक्त स्थानमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए ।