जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्र र उप प्रमुखमा एमालेको अग्रता ,१६ वटा वडाको अन्तिम परिणाम सार्बजनिक

गढीमाईखवर डट कम
98 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब
बारा ०२ जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनका उम्मेदवारले मतगणनाको सुरुवातदेखी अग्रता लिएका हुन् ।हालसम्म मतगणना सम्पन्न भईसकेको १६ वटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदको उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेलले १३ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् ।उनका प्रतिद्धन्दी नेकपा एमालेका सरस्वती देबी चौधरीले १२ हजार ७ सय १२ मत प्राप्त गरेकीछिन् । त्यस्तै उप प्रमुख पदमा नेकपा एमालेका भोला अधिकारीले १२ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने गठबन्धनतर्फबाट उप प्रमुखमा उम्मेदवारी दिएकी मेघा शाहीले १२ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म निर्वाचित वडाध्यक्षहरुः
वडा नं. १: हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)प्यानल सहित
वडा नं. २ : धनबहादुर श्रेष्ठ (नेकपा एमाले) प्यानल सहित
वडा नं. ३: ताराबहादुर कार्की (नेकपा एमाले)प्यानल सहित
वडा नं. ४: भोजबहादुर खत्री (ईश्वर) (नेकपा माओवादी केन्द्र)
वडा नं. ५ दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)प्यानल सहित
वडा नं. ६: कैमुदिन अंसारी (नेकपा एमाले)प्यानल सहित
वडा नं. ७: सुनिल गुप्ता (नेकपा एमाले)प्यानल सहित
वडा नं. ८: शिबशंकर कुशवाहा (नेकपा एमाले)प्यानल सहित
वडा नं. १७: भिम लामा (नेकपा एमाले)प्यानल सहित
वडा नं. १८: चतुरबाबु वाग्ले (नेपाली कांग्रेस)प्यानल सहित
वडा नं. १९: दीपेन्द्र बहादुर क्षेत्री(नेकपा माओवादीकेन्द्र)प्यानल सहित
वडा नं. २०: रसुल मिया अंसारी (नेकपा एमाले)प्यानल सहित
वडा नं. २१: सुवास श्रेष्ठ (नेकपा एमाले)प्यानल सहित
वडा नं. २२ शेखर काजी रुम्बा (नेपाली कांग्रेस)प्यानल सहित
वडा नं. २३: मुस्तकिम अंसारी (नेकपा एमाले)प्यानल सहित
वडा नं. २४: सुलतान अंसारी (नेपाली कांग्रेस)

साझा गर्नुहोस्