कर्ण र रहबरको सँयुक्त घरदैलो युवा र अनुभवीको मिश्रणले जनताको बिकाश हुने

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 833
पढ्न लाग्ने समय : 1 मि.

कार्तिक १५ वीरगञ्ज

बाम लोकतान्त्रिक गठबन्धन पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मँगलबार सँयुक्त रुपमा घरदैलो गरेका छन ।गठबन्धनबाट क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्ण र क्षेत्र नम्बर १ को १ का उम्मेदवार रहबर अन्सारी १ को २ का प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्ण र प्रदेश सभा १ को १ का उम्मेदवार अन्सारीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा सँयुक्त घरदैलो कार्यक्रम गरेका हुन ।सो क्रममा जनताले यसपालि गठबन्धनका उम्मेदवारलाई नै जिताउनेमा ढुक्क भएको उम्मेदवारहरुले बताएका थिए ।

गठबन्धनले नै देशको बिकाश गर्न सक्ने सँबिधानको रक्षा गर्ने भएकाले गठबन्धनकै उम्मेदवारलाई मत दिन प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्णले बताएका थिए ।उनले पाँच दलीय गठबन्धनको नै सरकार बन्ने ठोकुबा गरे ।

सँबिधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धन अब देशको बिकाशको काममा निर्बाचन जितेपछि लाग्ने कर्णको भनाई थियो ।यसैगरि कर्ण सँगै क्षेत्र नम्बर १ को २ का प्रदेश सभा सदस्य रामनारायण कुर्मीले पनि सँयुक्त घरदैलो कार्यक्रम गरेका छन ।दुबै जना उम्मेदवारहरुले महानगरपालिकाको वडा नम्बर ५ मा सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।