वीरगञ्ज–३१ का गर्भवती,सुत्केरी र एकल महिलालाई कम्वल बितरण

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

राम मण्डल,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का ४० जना महिलाहरुलाई बुधबार न्यानो कपडा बितरण गरिएको छ । वडा नम्बर ३१ मा रहेको स्वास्थय चौकीको प्राङणमा वडामा रहेका अति बिपन्न, गर्भवती,सुतकेरी महिला,एकल महिला, आशक्त, अपाङहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो ।

बढदो चिसोमा शीतलहरको बेलामा जाड़ोबाट बच्नको लागि ४० जना महिलाहरुलाई कम्बल बितरण गरिएको समाजजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

संजयसाईं सेवा अर्गनाइजेशन नेपाल पर्साले महिलाहरुलाई बितरण गरेको कम्बल बितरण कार्यक्रममा वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादव, सस्थाकी सदस्य रेखा कार्की, पर्सा श्रीमती चिकित्सक संघकी सदस्य अंजलि गुप्ता, पिया सिंहलगायत स्थानीय तथा संमाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कम्बल बितरण कार्यक्रमको सहजीकरण स्थानीय बुद्धिजीबी बालेश्वर प्रसाद गौरोले गरेका थिए

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *