माघ २१ गते जिल्ला स्तरीय क्विज प्रतियोगिता हुने,पहिलो हुनेलाई ५० हजार

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 594
पढ्न लाग्ने समय : 1 मि.

कलैया । बारामा माघ २१ गते जिल्ला स्तरीय क्विज प्रतियोगिता हुने भएको छ । ” आउ मिलि सहयोग गरौं ” संस्थाले आउँदो २१ गते जिल्लाको १६ वटै स्थानीय तहका निजी तथा सामुदायिक बिधालयमा अध्यनरत कक्षा ८,९,१० का विद्यार्थीहरुको सहभागीतामा क्विज प्रतियोगिता संचालन गर्ने भएको हो ।

संस्थाका अध्यक्ष लिला राज चौधरीका अनुसार सहभागी हुन चाहने बिद्यार्थीले तीन जनाको समुह बनाएर माघ १५ गते भित्र सम्पर्क गर्न सक्ने छन् । सहभागी हुनको लागि १,५०० शुल्क लाग्ने चौधरीले बताए । उनका अनुसार सहभागी हुन चाहेमा ९८१३१७७५८५ मा सम्पर्क गर्नु पर्ने छ ।

उक्त क्विज प्रतियोगितामा प्रथम हुनेले ५० हजार प्राप्त गर्ने छन् भने दोस्रो र तेस्रो हुनेले ट्रफी र मेडल सहित अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता करैयामाई गाउँपालिका वडा नम्बर ८ मा हुने छ ।

कोरोना भाइरस ( कोभिड-१९) को महामारीका कारण विगत दुई वर्षयता यस्ता क्रियाकलाप नभएको र विद्यार्थीहरुले पनि यस्ता कार्यक्रम नहुँदा खल्लो मानिरहेको भन्दै प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।