बुधबार मध्यरातबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । जसअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
निगमले घटाएको नयाँ मूल्यसूची अनुसार काठमाडौं,पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा,विराटनगर जनकपुर,नेपालजञ्ज,धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
यसैगरी घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा,दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।
यसैगरी निगमले हवाई इन्धन र एलपी ग्यासको पहिलेकै मूल्यलाई यथावत नै राखेको छ ।









