खरिद बिल नदेखाउने वीरगञ्जका सात पसले कारवाहीमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 183
पढ्न लाग्ने समय : 1 मि.

राम मण्डल
खरिद बिल नदेखाउने तथा अनुगमन कार्यमा असहयोग गर्ने वीरगञ्जका सात पसले कारवाहीमा परेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा सहितको टोलीले मंगलवार वीरगञ्जमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा खरिद बिल नदेखाउने वीरगञ्ज वडा नम्बर १३ मा रहेको न्यु गेजेटस जोन, वडा नम्बर १० मा रहेको बालाजी डिपार्टमेन्टल स्टोर्स, वडा नम्बर ७ मा रहेको न्यू मेलोडी रेश्मकोठी, रुची सापिंग सेन्टर र राईट च्वाईस वीरगंजलाई जनही १० हजार जरिवाना गरिएको बाणिज्य तथा उपभोक्ता सँरक्षण कार्यालय वीरगञ्जका सुचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए ।

यसैगरी अनुगमन कार्यमा असहयोग गर्ने नेपाल म्युजिक सेन्टर वीरगंजलाई दस हजार र कादमिया स्टोर्स वीरगंजलाई नगद पाँच हजार जरिवाना गरिएको सूचना अधिकारी खत्वे बताए ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, कन्जुमर आई नेपालको प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।