तेरापंथ युवक परिषदद्धारा बीरगंजमा खुल्ला बृहत रक्तदान शिबिरको आयोजना,४ सय २३ युनिट रक्त सङ्कलन

गढीमाईखवर डट कम
124 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

रञ्जन यादब /बारा

मेगा ब्लड डोनेशन ड्राइव २०२२ अन्तर्गत तेरापंथ युवक परिषदद्धारा बीरगंजको पाँच ठाउँमा खुल्ला बृहत रक्तदान शिबिरको आयोजना गरेको छ । जसअन्तर्गत ४ सय २३ युनिट रक्त सङ्कलन भएको छ ।

आयोजित बृहत रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिँह र नेपाल भारत सहयोग मंचको केन्द्रिय अध्यक्ष असोक बैदले संयुक्त रुपमा गर्नुभएको थियो । नेपालमा एकै दिन मेगा ब्लड डोनेशन ड्राइव २०२२ कार्यक्रम अन्तर्गत १८ वटा रक्तदान शिबिर आयोजना गरिएको थियो ।

जसमा बिरगंजको ईतिहासमा एउटा संस्थाद्धारा पाँच ठाउँमा रक्त दान कार्यक्रमको आयोजना गरी गरी ४ सय २३ युनिट रक्त सङ्कलन गरेको पहिलो पटक भएको नेपाल भारत सहयोग मंचको केन्द्रिय अध्यक्ष असोक बैदले जानकारी दिनुभयो ।

मेगा ब्लड डोनेशन ड्राइव २०२२ अन्तर्गत बिश्वको ५० वटा देश भन्दा बढी देशमा रक्त दान कार्यक्रम आयोजना गरेको थियो जसमा दुई हजार भन्दा रक्तदान शिबिर लगाईएको थियो । तेरापंथ युवक परिषद ,बिरगंजका अध्यक्ष धीरज बोरडको अध्यक्षतामा भएको कार्यक्रममा भारतको महावाणिज्य दूत श्रीं नितेश कुमार ,कार्यक्रम संयोजक अभिषेक भंसाली , सह-संयोजक हेमंत बैद लगायत नेपाल र भारतको सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्