वीरगञ्ज
पाँच दलीय गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार लक्ष्मण लाल कर्णलेसँबिधानको रक्षा गर्नको लागि भएपनि जनताले गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने बताएका छन ।
वीरगञ्ज महानगरपालिका वडा नमबर ३१ मा बुधबार रात्रि सभा गर्दै उनले यस्तो बताएका हुन ।लामो बलिदानी र त्याग पछि नेपालमा सँबिधान जारी भएको र त्यसलाई रक्षा गर्नको लागि गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने कर्णको भनाई थियो ।कर्णले वीरगञ्ज महानगरपालिकामा रहेको ग्रामीण वडाका गाउँहरुको बिकाश अहिले पनि जस्ताको त्यस्तै रहेकोले गाउँको बिकाशको लागि आफुलाई मत दिन मतदातासित आग्रह गरेका थिए ।
उनले मधेसी जनताले समेत बलिदानी दिएपछि सँबिधान निर्माण भएकोले मधेसी जनताको हक अधिकारको लागि पाँच दलीय गठबन्धनले मात्रै सहयोग पुग्ने जिकिर गरेका थिए ।
लोकतान्त्रिक समाजबादी पार्टीका नेता रहेको कर्णले मधेसको लागि लोसपाले सधै आफनो आवाज उठाउदै आएको तथा पाँच दलीय गठबन्धनलाई जनताले मत दिए नागरिकता बिधेयक पास हुने जानकारी दिए ।
उनले सँबिधान रक्षाको लागि अहिले आफुहरु दिनरात खटिरहेकोले मतदाताले आफनो मत दिएर आफुहरुलाई बिजयी बनाउने उनले बताए ।
रात्रिसभामा पाँच दलीय गठबन्धनमा रहेको काँग्रेस,माओबादी,एकीकृत समाजबादी पार्टीका नेता कार्यकर्ताहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागी स्थानीय मतदाताहरुले यसपालि कर्णलाई नै बिजयी गराउने बताएका थिए ।उनीहरुले यसअघिका साँसदहरुले मत लिएर गएको तर बिकाश भने नगरेको गुनासो गरेका थिए ।