विद्यार्थी गुणस्तर समूह द्वारा आयोजित वृहत् रक्तदान कार्यक्रममा शुक्रबार ३१ जनाले रक्तदान गरेका छन् ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका –५ मा रहेको रामराजा मो.वि.शाह बहुमुखी क्याम्पसको प्राङ्गणमा गरिएको सो कार्यक्रममा नौ जना महिलाले समेत रक्तदान गरेका छन् ।
पुस १५ गते राम राजा मो.वि.शाह बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सबको अवसरमा तथा प्रादेशिक अस्पताल कलैयामा रगतको चरम अभाव भएकोले उक्त रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमको मुख्य सहयोगी राम राजा मो.वि.शाह बहुमुखी क्याम्पस रहेको थियोे ।
प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताका अनुसार रक्तदान गर्नेमा रुबि कुमारी यादव,साहिमा खातुन,अज्रोदिन हवारी धोबी, निरज ठाकुर लोहार रहेका छन् ।
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ अनिल साह कानु, सोनाली कुमारी,हयापी कुमारी मिश्र,शबनम खातुन,अस्मिता कुमारी मिश्र,शफौली अन्सारी,रेश्मा खातुन,श्री रामप्रसाद साह कानु,सम्साद मंसुर,आशिष प्रताप साह,इन्द्रजित यादवले रक्तदान गरेका हुन् ।
सो कार्यक्रममा संजय राम,सन्दिप यादव, आकाश पटेल,मनिष कुमार साह,सुमन पटेल,रामबालक पटेल,रहिश मिया अन्सारी,कृष्णनन्दन प्रसाद कुशवाहा,साहिल मंसुर,सन्देश आर.के,राज कुमार बैद्य,सह्र्जाद अन्सारी,ओमनारायण साह,सचिन कुमार यादव,इर्साद मिया,चन्द्रवती कुमारी र रितिक कुमार साह लगायतको रतmदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर चौरसियाले वृहत् रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
राम राजा मो.वि.शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा निवेश कुमार तिमिल्सिना,रामबाबु चौधरी,नन्दन कुमार साह,रामबहादुर पन्डित,सुभाष तिमिल्सिना,चुमन बाबू केवर,पुनम साह,रिना साह,सुनिता जैसवाल,वृजकिशोर यादव,जय चौधरी,नारायण साह,अमित मिश्रा,अनुप तिमिल्सिना,रमेश कुशवाह,प्रताप दाहाल,प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका सहयोगी किरण साह,प्रमोद मण्डल,राजकिशोर यादव,आकस्मिक सेवाका अर्चना शर्मा,क्याम्पसका शिक्षक र विद्यार्थीहरु लगायतकाको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रमको सन्चालन विद्यार्थी गुणस्तर समुहका संयोजक दिपक कुमार साहले गरेका थिए ।