नेपाली काँग्रेस मधेश प्रदेशको सहमहामन्त्री यादवद्धारा राजिनामा

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 3 मिनेट

सिकेन्द्र पासवान/
नेपाली काँग्रेस मधेस प्रदेशका सहमहामन्त्री जयनारायण यादवले आफनो पदबाट राजिनामा दिएका छन । टिकट बितरणमा पार्टीका सभापति कृष्णप्रसाद यादव र उपसभापति चन्द्रशेखर यादवले समेत आर्थिक चलखेलको अधारमा पार्टीको बिधी र बिधान समेतलाई खिल्ली उडाउदै पार्टीको बिधान, वडा, पालिका, क्षेत्र तथा जिल्लाको सिफारिस एवम निर्णय विपरित टिकेट बितरणमा धाधली गरेको सहमहामन्त्री यादवले पत्रकार सम्मेलन मार्फत आरोप लगाए ।

ब्यतिmका नाम सिफारिस समेत नभएको अवस्थामा अरु ब्यतिmलाई टिकट बितरण कसरी भयो त्यसमा प्रशनचिनह खडा हुनु स्वाभाविक रहेको यादवले थपे । त्यति मात्र नभई कार्यकताहरुको मनोभवना नबुझी चरमगुटबन्दी, धाधलीपुर्ण तरिकाबाट भागबन्डाको नाममा जिल्ला सभापतिलाई टिकेट नबुझाई पालिका, प्रदेश,क्षेत्र,जिल्ला समेतलाई पाखा लगाई आफु खुसी टिकेट बितरण गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री यादवले जानकारी दिए ।

पचरौता नगरपालिकाको टिकेट मणिभुषन यादवलाई दिने कुनै सहमति नभएपनि कसरी यादवलाई टिकेट प्रदान भयो पत्रकार सम्मेलनमा प्रश्न समेत सहमहामन्त्री गरे । विवाद भएपछि पार्टीका सभापति यादवले ३ दिन सम्म मोबाईल स्वीच अफ गर्नुले पनि हामीलाई गम्भिर शंका उब्जाएको सो अवश्रमा जानकारी दिएका थिए ।

राजिनामाको बोधार्थ नेपाली काँग्रेसको केन्द्रीय समिति सानेपा ललितपुरलाई समेत जानकारी गराएको हो । आफनो राजनितिक जीवनमा कहिलेपनि पार्टीको निति,बिधी, बिधान बिपरित काम नगरेको स्मरण गराउदै यादवले टिकेट बितरणमा कुनैपनि अधार नबनाई हचुवाको भरमा टिकेट बितरण गरि असल कार्यकर्ताहरुको उपेक्षा गरेको सहमहामन्त्री यादवको आरोप रहेको थियो ।

मेरो राजनितिक जीवनलाई बचाउनका लागि आजैको मितिबाट सहमहामन्त्री पदबाट राजिनामा गरेको बिज्ञप्ती मार्फत जानकारी दिएका हुन । तर यस सम्बन्धमा मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवसंग बुझदा प्रदेश संसदिय बोर्डमा स्वयम जयनारायण रहेको र उनीहरुसंगको सल्लाहमा नै टिकेट बितरण गरिएको दावी गरे । यता नेपाली काँग्रेस मधेस प्रदेशको उपसभापति चन्द्रशेखर कुमार यादवले सहमहामन्त्री यादव र नेपाली काँग्रेस बारा जिल्ला सभापति राजेश राय यादवसंगको सल्लाहमा उनीँहरुकै रोहबरमा बर्दिवासको गुन्जन होटेलमा फेटा,सुवर्ण,देवताल,प्रसौनी, कलैया उपमहानगरपालिको टिकेट प्रदान गरेको दावी गरेका हुन ।

टिकेट प्रदान गरेको तथा उनीहरुले टिकेट बुझेको फोटो समेत हामीसंग सुरक्षित रहेको उपसभापति यादवको दावी रहेको छ । बर्दीवासमा टिकेट बितरणमा समान्य बिवादपछि बाकी रहेको करैयामाईको टिकेट निजगढमा पेमासिद्धि लामा मार्फत जिल्ला सभापति यादवलाई प्रदान गर्न लगाएको बताउदै पचरौतामा मणिभुषन यादवलाई टिकेट दिन सहमति भएको उनले पष्ट पारेका हुन ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *