नेपाल टूेड युनियन कांग्रेस बाराको सातौं अधिवेशन पछिको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ ।
बाराको कलैयामा स्थित बि.पि स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालयको सभा हलमा नेपाल टूेड युनियन कांग्रेसले आयोजना गरेको प्रथम जिल्ला परिषद शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको हो ।
“श्रमको सम्मान गरौं,श्रम शक्ति नै राष्ट्र शक्ति हो“ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम भएको हो ।
नेपाल टूेड युनियन कांग्रेस बाराका अध्यक्ष विश्वमणी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवले ब्यानर पढी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य माधव उपाध्याय,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश यादव र ट्रेड युनियन बाराका उपाध्यक्ष वसन्त घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेश राय यादवले श्रमको सम्मान गर्न सके मात्रै देशको संवृद्धि हुने बताए । श्रम र श्रमिकको सम्मानका लागि राज्यलाई निरन्तर दबाब दिन उनले आग्रह गरे ।
ट्रेड युनियन बाराका अध्यक्ष विश्वमणी शर्माले मजदुरका हकहितमा ट्रेड युनियनले प्रभावकारी रुपमा काम गर्नु पर्ने साथै श्रमिकहरुलाई परेको समस्यामा आफु जहिले पनि सहयोग गर्न तयार रहेको बताएका छन् ।
सो कार्यक्रममा कोषाध्यक्ष चन्देश्वरप्रसाद यादवले संस्थाको आय ब्यय र अगामी बर्ष गर्ने क्रियाकलाप,संस्थाको भावी योजना र रणनीतिको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा ट्रेड युनियन मधेस प्रदेशका कोषाध्यक्ष राजमणी बराल,ट्रेड युनियन बाराका सह सचिव भुनेश्वर प्रसाद यादव,नेपाल शिक्षक संघ बाराका कोषाध्यक्ष रिशीकान्त कुमार,नेपाल स्वास्थ्य संघ बाराका प्रतिनिधि प्रमोद कुशवाहा,नगर शिक्षक संघ कलैयाका अध्यक्ष सरोज कुमार यादव,कलैया नगर शिक्षक संघका कोषाध्यक्ष राकेश कुमार यादव,ट्रेड युनियनका सदस्य सुरेन्द्र प्रसाद यादव,मनोज कुमार रौनियार,यातायात जिल्ला सचिव जयराम महतो कोईरी,विभिन्न संघका अध्यक्ष,प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रममा उपाध्यक्ष वैजनाथ यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ध्रुव रायले गरेका थिए ।