बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरास्थित एक ग्लास हाउसमा करेन्ट लागेर एक कामदार घाइते भएका छन्।
शनिवार राति करिब ८ः३० बजे अधिएज ग्लास हाउस कम्पनीमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर पर्साको बहुदरमाई नगरपालिका–५, विश्रामपुर टोल निवासी करिब ३६ वर्षीय सौखी देवान घाइते भएका हुन्।
करेन्ट लागेर घाइते भएका देवानको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाबारे राति करिब ९ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप बुझ्ने तथा अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ।

