बारामा बर्षेधान ६० प्रतिशत रोपाई

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 442
पढ्न लाग्ने समय : 1 मि.

बारा जिल्लाका किसानहरु अहिले सम्म ६० प्रतिशत क्षेत्रमाधान रोपाई गरेका छन । यस बर्ष भदैया, अगहनीबर्षे धानकुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिने लक्ष्य रहेकोमा हाल सम्म ६० प्रतिशतले २७ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमाधान रोपाई भई सकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

सिचाईको सुविधा नभएको कारणले अकासे पानीको भरमा सिचाई गरि खेती गरिने आसमा रहेका किसानहरुले समयमा पानी नपर्दाका कारणले बढी क्षेत्रफलमा बर्षे धान खेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी गराए ।

गत आर्थिक बर्षमा कृषकहरुले बर्षे धान भदैया ११ हजार ९ सय ५ हेक्टर र अगहनी धान ३४ हजार १ सय १५ हेक्टर समेत गरि कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।