बाराको पचरौता नगरपालिकाबाट ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
शनिवार करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–६ स्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा पचरौता नगरपालिका–३, रामनगर टोल निवासी करिब ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई पक्राउ गरेको हो।
प्रहरीले यादवको साथबाट ५५ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। गाँजासहित नियन्त्रणमा लिइएका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

