प्रतिबन्धित लागुऔषध सहित पर्साबाट एक जना पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 179
पढ्न लाग्ने समय : 1 मि.

राम मण्डल/

प्रहरीले पर्साको वीरगञ्जबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित मकवानपुर हेटौडा उपमहानगरपालिका–४ बस्ने ३५ बर्षिय अजित तामाङलाई पक्राउ गरेको हो ।

उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा चेकजाँच गर्नेक्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२–०२–००४ प ७४९५ नंम्बरको स्कुटीमा आएका उनको साथबाट प्रहरीले लागुऔषध ओनेरेक्स ६९ बोतल बरामद गरेको छ ।

पक्राउ परेका तामाङलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भईरहेको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

फोटोः लागुऔषध सहित पक्राउ परेका तामाङ

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।