ज्ञानदीप स्कुल केन्द्रबाट सात थान स्मार्ट वाच बरामद

गढिमाइ खबर
44 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदीप इङलिस बोर्डिङ स्कुलमा परीक्षा केन्द्रबाट शुक्रबार सात थान स्मार्ट वाच बरामद भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले स्मार्ट वाच बरामद गरेको हो।

परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट वाच प्रयोग गरिने भएको आशंकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन्।

एसईई परीक्षालाई मर्यादित बनाउन निरन्तर अनुगमन गरिएको सहायक प्रजिअ भट्टराईले बताए। बिहिवारदेखि सुरु भएको एसईई परीक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परीक्षा रहेको हो।

साझा गर्नुहोस्