कलैयामा १ करोड ३७ लाख २० हजारको लागतमा ३४ परिवारका लागि निर्माण गरिएको थवई बस्तीको समुउद्घाटन तथा सामाजिक लेखाजोखा सम्पन्न भएको छ ।
बाराको कलैया उपमहानगर-१४ स्थित रहेको जितपुर भुलाहवामा थवई उपभोक्त समितिको आयोजनामा शुक्रबार एक कार्यक्रम बीच एकीकृत थवई बस्तीमा ३४ घरको समुउद्घाटन भएको हो ।
थवई उपभोक्त समितिका अध्यक्ष सुनिल थवईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहले थवई बस्तीको उद्घाटन गर्नु भएका थिए ।
कलैया उपमहानगरपालिका,लुमन्ती आवासको लागि सहयोग समुह,अबे पियरे फाउन्डेशन,MISEREOR / KZE को संयुक्त सहयोग तथा थवई उपभोक्ता समितिको सहकार्यमा ३४ वटा घरधुरीको आवास लोपोन्मुख थवई जाति तथा अति विपन्न परिवारहरुलाई लक्षित गरि हाउसिङ्ग द पुवर इन कलैया फेज -३ परियोजना अन्तर्गत आवास निर्माण गरिएको छ ।
सो बस्ती निर्माणका लागी कलैया उपमहानगरपालिकाले ५० लाख,लुमन्ती आवासको लागि सहयोग समुहले ७९ लाख २० हजार र लाभान्वित परिवारले ८ लाख सहयोग गरेका थिए ।
सो कार्यक्रममा शहरी सामुदायिक सहयोग कोषका सदस्य सुरेश मोदक,थवई उत्थान संघका केन्द्रिय अध्यक्ष राजु कुशवरिया,लुमन्तिका प्रमुख अब्दुल कैशले सम्बोधन गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै ३४ घरधुरी रहेको समुदायका बच्चाहरुका लागि १ घण्टा टिउसन पढाई र खाने पानीको छिटै व्यवस्था गर्ने कलैया उप महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगर भित्र कुनै पनी गरिब तथा दलितहरुलाई घर बिहिन रहन नदिने योजना अन्तर्गत सो बस्तीको निर्माण गरिएको प्रमुख अतिथि समेत रहनु भएका कलैया उपमहानगरपालिका का नगर प्रमुख साहले बताए ।
सो बस्तीमा बाउन्ड्री वाल लगाउने,बस्तीमा वृक्षारोपण गर्ने, थवई बस्तीको रोडमा ब्लक ईटा लगाउने र थवई बस्तीलाई थप व्यवस्थित बनाउने नगर प्रमुख साहले बताएका छन् ।
सो कार्यक्रममा थवई उपभोक्त समितिका अध्यक्ष सुनिल थवईले बस्तीको सामाजिक लेखाजोखा बताएका थिए ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका कि उपप्रमुख रौशन प्रविण,कलैया उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,लुमन्ती काठमाडौका आवास कार्यक्रम व्यवस्थापक लुमन्ती जोशी,राउटे लोपोन्मुखका केन्द्रिय अध्यक्ष सत्य देवी अधिकारी,नितु मण्डल,वडा नं.५ का वार्ड अध्यक्ष किसुन राउत अहिर,७ का वार्ड अध्यक्ष सैफुला मिया अन्सारी,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,लुमन्तिको सूचना तथा अभिलेख व्यवस्थापन संयोजक अनन्त राज बज्राचार्य, प्राविधिक बसुन्धरा महर्जन र बिवेक तिवारी,शहरी सामुदायिक सहयोग कोषका सदस्य सुरेश मोदकसहित सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत लुमन्ती आवासको लागि सहयोग समूहका सामुदायिक सहजकर्ता सुर्य राज पासवानले गरेका थिए भने कार्यक्रमको सञ्चालन लुमन्ती आवासको लागि सहयोग समूहका सामुदायिक सहजकर्ता अनिल मण्डलले गरेका थिए ।