बिभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
355 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले गाली बेईजती मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने बिष्णु श्रेष्ठलाई पक्राउ गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले लागू औषध मुद्दामा अदालतबाट १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर २१ बस्ने अन्दाजी ३० वर्षीय बिल्टु महरा चमारलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यसैगरी प्रहरीले नेपाली नागरिकता उद्योग मुद्दामा अदालतबाट १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको प्रसौनी गाँउपालिका वडा नम्बर १ प्रसौनी बस्ने अन्दाजी ४५ वर्षीय नावेद आलम मंसुरलाई पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले लागु औषध गाँजा मुद्दामा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ४३ वर्षीय सुर्य बहादुर घलानलाई पक्राउ गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

साझा गर्नुहोस्