महोत्तरी प्रहरीको ठुलो सफलता,महिलाको हत्या अभियोगमा संलग्नहरु पक्राउ

गढीमाईखवर डट कम
123 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

महोत्तरी प्रहरीले जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार स्थित सागरनाथ वन भित्र महिलाको शव भेटिएको घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारत सितामढी ग्राम पञ्चायत भासर मघहा–७ अनारबन घर भई हाल जिल्ला सर्लाही मलंगवा न.पा. ९ स्थित डेरा गरी बस्ने मृतक महिलाकै श्रीमान बर्ष ३७ को अजय महतो कोईरी, सर्लाही हरीपुर्वा न.पा. ९ घर भई हाल ऐ. मलंगवा न.पा. ९ मा बस्ने बर्ष ३४ को प्रमोद राउत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसैगरी घटनामा संलग्न थप एक जना व्यक्तिको पहिचान खुलेकोमा निज हाल फरार रहेकोले खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।

सितामढी भैरवकोठी मेहसौल टोल घर भइ हाल जिल्ला सर्लाही मलंगवा न.पा. ९ स्थित डेरा गरी बस्ने बर्ष २८ कि राधा भन्ने अफसाना खातून फागुन ४ गते दिउँसो २ बजेको समयमासागरनाथ वन भित्र निर्माणाधिन रेल्वे ट्रयाक भन्दा दक्षिण तर्फ अन्दाजी उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

मृतक अफ्सना खातुनको पहिले भारतको उत्तर प्रदेशमा बिबाह भएको, उनको २ छोराहरु भएकोमा करिव २ बर्ष अगाडी सम्बन्ध बिग्रीएर निज मृतकले पहिलो श्रीमानलाई छाडी २ बच्चा सहित आफ्नो माईतीघर भारतको सीतामढी, भैरबकोठी, मेहसौल टोलमा बस्दैकी थिईन ।

अजय महत्तो कोईरी र मृतकले आफूखुशी सिन्दुर लगाई बिवाह गरेकोमा बिवाह पश्चात मृतक राधा भन्ने अफ्सना खातुनले आफूलाई घरमा लानुपर्ने भनि जोडबल गरेपछी अजयले खातुनलाई आफ्नो घर लगेकोमा घर तथा गाँउ समाजका मानिसहरुले अफ्सना खातुनलाई अस्विकार गरि गाउँघरमा पञ्चायती बसि भा.रू.२५,०००।– क्षतीपुर्ती स्वरूप राधा भन्ने अफ्सना खातुनलाई दिई छुट्टिने र भा.रू.२५,०००।– गाउँ समाजका व्यक्तिहरूलाई भोज खुवाउने गरि सहमती भएकोमा थियो ।

त्यसको करिव १ हप्ता पछि निज अफ्सना खातुनले उक्त सहमती नमानी पुनः अजय महत्तो कोईरीसँग बस्न आए पछि निजहरू दुबै जना गाउँ समाजमा बस्न नसकी बिगत ९ महिना अगाडि देखि सर्लाही जिल्लाको मंलगवा न.पा.वडा न.९ मा कोठा भाडा लिई संगै बस्दै आएको थिए ।

सोही क्रममा अफ्सना खातुन करिव ८–९ महिनाको गर्भवती भएको, उनीहरुसंगै बस्ने क्रममा खातुनले श्रीमान अजयलाई आर्थिक रुपमा तनाव दिने, कोट म्यारिज गर भन्ने, बच्चा जन्मिएपछि अंश र अधिकार जसरी पनि लिन्छु भनि मानसिक तनाव दिने, अंश र अधिकार नदिए जबरजस्ती करणीमा पुलिस केस गर्छु भनि धाक धम्की दिई लगातार बार्गेनिङ गर्ने गरेको उनीहरुले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको महोत्तरी प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले बताएका छन ।

पक्राउ परेका महतो र राउत सहितकाले खातुनको हत्या गरि अटोमा राखी जंगलमा लगरे फालेको तथ्य खुलेको प्रहरीको भनाई छ । पक्राउ दुवैजना उपर “कर्तव्य ज्यान“ शिर्षकमा महोत्तरी जिल्ला अदालत, जलेश्वरबाट म्याद लिई ईलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीबाट थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक पंगेनीले बताएका छन ।

साझा गर्नुहोस्