मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

गढिमाइ खबर
148 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

पर्सा : मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया–११ बस्ने ३५ वर्षीय मनेजर राय,महोत्तरी भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी,ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका–१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न रहेकाले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दुई जना महिलाको समेत उद्धार गरेको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गराईएको छ। उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्