बारा जिल्ला अदालतद्वारा जिल्ला प्रशासन कार्यालय बारा विरुद्ध निषेधाज्ञा जारी

गढिमाइ खबर
180 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बारा जिल्ला अदालत बारा कलैयाले जिल्ला प्रशासन कार्यालय बारा विरुद्ध शुक्रबार निषेधाज्ञा जारी गरेको छ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ वस्ने धिरेन्द्रप्रसाद जयसवालले दिएको निवेदनको आधारमा माननीय न्यायाधिश जगन्नाथ पौडेलले निषेधाज्ञा जारी गरेका हुन्।

निवेदकको ठेक्का अनुसारको कर संकलन कार्यमा कुनै किसिमको वाधा अवरोध नगर्नु र नगराउनु,सोही कारणले निवेदकलाई धरपकड,पक्राउ गर्न नगराउन भनी अन्तरिम आदेश जारी गरेको हो।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मुख्य राजमार्ग तथा सहायक राजमार्गमा कर उठाउन रोक लगाएको हो।

गृह मन्त्रालयले कार्तिक १२ गते देशको सबै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउदै यस्तो कर संकलन रोक्न भनेको हो।

यसै विरुद्ध ठेकेदार जयसवालले बारा जिल्लामा उजूरी दिएका हुन्।

नेपाल सरकारको मन्त्री परिषदको २०७५ मंसिर १७ गते बसेको बैठकले देशको मुख्य राजमार्ग तथा सहायक राजमार्गमा कर नउठाउन भनेर निर्णय गरेको थियो।

साझा गर्नुहोस्