बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

गढिमाइ खबर
133 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बारामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १४ हनुमान मन्दिर स्थित स्थानीय वर्ष २५ को सागर चौधरीले बघवनबाट कलैयातर्फ चलाई आएको ना २ प ९७०५ नम्बर को मोटरसाइकलले पैदल यात्री लाई ठक्कर दिदा मृत्यु भएको छ ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोल बस्ने बर्ष ३५ को रहिम अंसारी रहेका छन् ।

दुर्घटना बाट घाइते भएका अंसारीको आज दिउँसो १२:१५ बजेको समयमा बिरगंज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै फागुन १५ गते सुवर्ण गाउँपालिका वडा न. ६ धर्मपुर सडक खण्ड स्थित भारतबाट जोलगावातर्फ आउदै गरेको बि आर ०५ ए जि १२८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा घाइते दुई मध्ये आज उपचार को क्रममा एकको मृत्यु भएको छ ।

उक्त मोटरसाइकल चालक भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण छवडादानो बस्ने वर्ष २७ को भैयाराम साह र मोटरसाइकल पछाडी सवार सोही ठाउका बर्ष ३४ को सन्देश साह घाइते भएकोमा घाइते मध्येका मो.सा. चालक निज भैयाराम साहको आज दिउसो सवा १२ बजेको समयमा एल एस न्युरो अस्पताल, परवानीपुर मा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्यागहरू :
साझा गर्नुहोस्