प्रभात फेरि तथा बृहत सरसफाई गरी दशौं संविधान दिवस मनाइयो,कालो दिवस पनि मनाइयो

गढिमाइ खबर
266 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बाराको सदरमुकाम कलैयामा कसैले संविधान दिवसलाई कालो दिवस भनेर मनाएका छन्। कसैले संविधान दिवस भनेर मनाएका छन्। बिहीबार १० औं संविधान दिवस कलैयामा मनाइएको छ।

यस अवसरमा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाईमा प्रभात फेरि तथा बृहत सरसफाई गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको र्‍यालीले कलैया बजारको विभिन्न भागको परिक्रमा गरेको हो ।

¥याली सिद्धेश्वर मन्दिरको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ घर घरमा राष्ट्रिय झण्डा फहराऔ,घर घरमा दिपावली गरौं ” भन्ने मुलनाराका साथ संविधानदिवस मनाइएको हो।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेकाथिए । संविधान निर्माण भएर कार्यान्वयनमाआएको नौ वर्ष पूरा दशौं वर्षमा प्रवेश गरेकोे छ।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्रकुमार साह रहेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सभापति नरेन्द्रकुमार साहले आ–आफ्नो घरमा दीप प्रज्वलन गरी हर्षोल्लासपूर्ण संविधानदिवस मनाउन आग्रह गरे ।
उक्त अवसरमा सिद्धेश्वर मन्दिरमा दुई सय बिरुवा रोपिएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवंम् प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह,राष्ट्रिय अनुसन्धानउप– निर्देशक तथा बाराका प्रमुख दिपक खड्का,ज्वालादल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,समाजसेवी,विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू,सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

यस्तै बारा सदरमुकाम कलैयामा लोकतान्त्रिक समाजवादी पार्टी बाराले संविधान दिवसलाई कालो दिवस भन्दै प्रदर्शन गरेको छ। उसले बाराको सदरमुकाम कलैयामा प्रदर्शन गरेका हुन्।

कलैयाको मुख्य भरत चोकमा प्रदर्शन गर्नेमा लोसपा बाराका प्रभावशाली नेता तथा कार्यकर्ताहरु सहभागि रहेका हुन्। जिल्ला समन्वय समिति बाराका पूर्व सभापति नवल किशोर सिंह लगायतको सहभागिता रहेको हो।

उनले संविधानमा मधेशको हक अधिकार समावेश नभएको भन्दै संविधान जारी भएको दिन कालो दिन मनाउँदै आएको बताए।

ट्यागहरू :
साझा गर्नुहोस्