पत्रकार हुँ भन्दै अफवाह फैलाउने नक्कली पत्रकार पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 273
पढ्न लाग्ने समय : 1 मि.

गढीमाई संवाददाता/

‘पत्रकार हुँ’ भन्दै अफवाह फैलाउने विभिन्न पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा बारा प्रहरील्े एक जना नक्कली पत्रकार पक्राउ गरेकोछ ।

प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वार्ड नम्बर १० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल पक्राउ गरेको हो ।उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा,कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ ।

साथै दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।