जग्गा किनबेच शुरु आर्थत लेखत पारित भएको एक सय बर्ष पुगेको अवसरमा मालपोत कार्यालय बारा कलैयाले बिभिन्न कार्यक्रम गरि दिवसको रुपमा मनाएको छ ।
प्रमुख मालपोत अधिकृत गोपाल प्रसाद बरालको नेतृत्वमा बुधवार कार्यालय परिसरमा कर्मचारीहरुद्धारा बृहत सरसफाई गरिएको थियो ।
त्यसैगरि सोही कार्यक्रमको अवसरमा बैसाख १ गते अन्तक्रिया र २ गते कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई फुलमाला, दोसल्ला ओढाई सम्मान गर्ने कार्यक्रम रहेको प्रमुख बरालले जानकारी दिए ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कार्यालय प्रमुख बरालल नागरिकको काम बिना झनझट सहज र सुलभ प्रकारले सेवा प्रवाह गर्नमा कुनै प्रकारको कमी कमजोरी नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जटाशंकर सहनी, नासु रमानन्द केसरी, लेखापढी ब्यवसायी संघका जिल्ला अध्यक्ष वृजकिशोर यादव, साझेदारी दैनिकका प्रकाशक श्यामबाबु यादव, भोजपुरी दैीनकका प्रभु यादव लगायतको सहभागिता रहेको थियो ।