बारा । बाराको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक महिनादेखि कार्यालयमा नआउदा पालिकाका स्वास्थय चौकी र बर्थिङ सेन्टरमा औषधिको अभाव भएको छ ।
बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुदा औषधि खरिद गर्ने प्रक्रिया अघि बढाउन नसक्दा पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो । बढदै गरेको चिसोको मौसमा बिरामीहरु बढेपनि सुवर्ण गाउँपालिकाका स्वास्थय संस्थाहरुमा समान्य किसिमको औषधि समेत नहुदा बिरामीहरु मर्कामा परेका छन ।
प्रमुख प्रशासकीय अधिकृत नहुदा औषधि खरिदको प्रक्रिया पुरा नभएकोले औषधि खरिद गर्न नसकि स्वास्थय संस्थाहरुलाई उपलब्ध गरारउन नसकिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा औषधि नहुदा अहिले बिरामीहरु उपचार सेवा नपाई रितै हात फर्किन बाध्य भएका छन ।
बिगत एक महिनादेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुदा औषधि खरिदको प्रक्रिया अघि बढन सकेको छैन । जसका कारण पालिकामा रहेका स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरुमा औषधिको अभाव भएको छ । स्वास्थय चौकीमा अहिले समान्य किसिमको औषधि समेत नभएको स्वास्थयकर्मीहरुले बताएका छन । उनीहरुले दैनिक आउने गरेका बिरामीहरुको उपचारको लागि दिने औषधि नभएकोले सेवाग्राहीबाट गाली खाने अवस्था भएको बताएका छन ।
सुवर्ण गाउँपालिका ४ हर्दिया टोलमा रहेको बर्थिङ सेन्टरका प्रमुख सुजित यादवले औषधिको अभाव भएपछि दैनिक सेवाग्राहीबाट गाली खानु परेको बताए । ‘औषधिको अभाव छ हामीहरुले बिरामीहरुलाई काउन्सिलङ गरेर पठाउने गरेका छौ,तर पनि बिरामीहरुले औषधि नपाएपछि गाली दिएर जाने गरेका छन,उनले भने ।’ गाउँपालिकाको लगभग हरेक स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा नै अहिले औषधिको अभाव भएको छ ।
औषधिको चरमा अभाव भएर चारैतर्फबाट गुनासो आउन थालेपछि औषधि खरिद गर्नको लागि ठेक्का आव्हान पनि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख डा.सुरेन्द्र साहले जानकारी दिऐ । तर,बिगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा ठेक्काको अन्तिम प्रक्रिया पुरयाएर औषधि खरिद गर्न नसकिएको उनले बताए ।
‘कार्यालय प्रमुख नहुदा औषधि खरिद गर्न सकेका छैनौ, सबै स्वास्थ्य संस्थामा औषधिको अभाव छ, उनले भने,म लगायत स्वास्थ्यका कर्मचारीले तीन महिनादेखि तलबसम्म पाएका छैनौ ।’ यता गाउँपालिकाका अध्यक्ष राजेश यादवले पनि प्रमुख प्रशासकीय अधिकृत एक महिनादेखि सम्पर्क बिहन हुदा पालिकामा औषधि अभावदेखि लिएर, दैनिक कामकाजमा समेत समस्य पर्दै आएको बताए ।
उनले प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी महिनौदेखि सम्पर्कबिहीन हुदा आफुले पनि सेवाग्राहीको दैनिक गुनासो सुनेर मात्रै बस्ने गरेको प्रतिक्रिया दिए । ‘प्रमुख प्रशासकीय अधिकृत ज्यु जानु भएको एक महिना भन्दा बढी भयो ,किन जानु भयो सम्पर्कमा पनि आउनु भएको छैन, उनले भने,गाउँपालिकाको दैनिक कामकाज लथालिङ छ,सेवाग्राहीहरु काम नभएर गाली दिएर फर्किने गरेका छन उनी बताउछन ।