कलैया : प्रहरीले बाराको पचरौता नगरपालिका वडा नम्बर २ चपुरी चौकबाट प्रतिबन्धित लागू औषध एम्पुल ओसार पसारमा संलगन तीन जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत देश बिहार राज्य जिल्ला मोतिहारी बिजबनी पञ्चायत थाना जितना वडा नम्बर २ रेगनीया टोल बस्ने १९ को कन्हैया कुमार यादव,सोही टोल बस्ने २६ बर्षिय बलिराम कुमार यादव र सोही पञ्चायत वडा नम्बर १ बलुवा टोल बस्ने २० बर्षिय वकिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन् ।
प्रहरीले बिआर ०५ एजेड ४५७२ नंम्बरको रातो कालो पल्सर १२५ सि.सि. को मोटरसाईकल लागु औषध ओसार पसार गर्दा प्रयोग भएको भन्दै बरामद गरेको छ। प्रहरीले बीआर ० बिसी ९५०१ नम्बरको रातो कालो पल्सर १२५ सि.सि.को मोटरसाईकल कन्हैया कुमार यादवबाट प्रहरीले फेला पारेको हो।
बलिराम यादवबाट रेडमि कम्पनीको मोबाईल प्रतिवादी बलिराम कुमार यादवको साथबाट एक थान,रेड्मी कम्पनीको कन्हैया यादवको साथबाट मोबाईल १ थान र सैम्सुंग कम्पनीको मोबाईल वकिल कमार यादव थान–१ गरी जम्मा ३ थान मोबाईल उनिहरुबाट फेला पारेको बाराका प्रहरी उपरीक्षक तामाङले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बारागढी बारा र ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रजयनगर बाराबाट असार २९ गते आईतबार बेलुका ५ बजेको समयमा बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ४ हर्नैया चौक स्थितमा दुईवटा आपको क्यारेटमा बेवारिसे अवस्थामा प्रतिबन्धित लागू औषध एम्पुल ४५०० पिस बरामद गरेको थियो । उनीहरुलाई तिन दिनपछि नियन्त्रणमा लिएको एसपी तामाङल बताए ।
उक्त घटना बारे थप अनुसन्धान गर्दै जाँदा उक्त प्रतिबन्धित लागू औषध एम्पुल ओसार पसारमा तीनै जनाको संलग्नता रहेको उनले बताए ।









