बाराको विभिन्न स्थानमा रहेका ऐलानी,पर्ती र सरकारी जग्गामा भुमाफीयाहरुको गिद्धे नजर अझै लगाउन अझै छाडेका छैनन् । सरकारी जग्गालाई नक्कली कागजात बनाई विक्री विरतण गर्ने गिरोह नै सक्रिय छन ।
यस्तै सरकारी जग्गालाई नक्कली कागजात खडा गरी पुर्जा बनाएर विक्री गर्ने प्रयासमा रहेका एक गिरोहका दुई जना पक्राउ परेको खबर प्राप्त भएको छन ।
यसरी पक्राउ पर्नेमा जि.टि.एच प्लास्टो इन्डष्टी प्रा.लि काठमाडौका प्रतिनिधि विकास गुप्ता र जग्गाका वारेस बन्ने हेमन्त रिसाल रहेका छन् ।
उनीहरुलेबाराको तेतरियामा रहेको करोडौको मूल्य पर्ने सरकारी जग्गालाई नक्कली कागजात खडा गरेर विक्री वितरण गर्ने गिरोहका दुई जना पक्राउ परेको मालपोत निकट एक स्रोतले जानाएको छ ।
झन्डै दश करोड रुपैयाँ भन्दा बढी मुल्य बराबरको सरकारी जग्गा किर्ते गरेर बेच्ने अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ ।
साविक तेतरिया गा.वि.स को सरकारी अभिलेखमा रहेको २१ विगहा ७ कठ्ठा २ धुर जग्गाको नक्कली लिखत र लालपुर्जा प्रमाणपत्र बनाएर जग्गा किर्ते गरी अर्कैलाई बेच्न खोजेको अभियोजनमा उनीहरु दुई जना पक्राउ परेको गरेका हुन ।
पक्राउ परेका रिसालले मालपोत कार्यालय बारामा स्रेस्ता कायम गरि पाँउ भनी माग गरेका थिए ।
उनीहरुले पेस गरेको कागजात मालपोत कार्यालयबाट जारी भएको नदेखिएकोले आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको मालपोत कार्यालय बाराले जनाएको छ ।
गत आर्थिक वर्ष २०८० भदौ ५ गते मालपोत कार्यालय बाराबाट पारित गरिलिएको साबिक तेतरिया गा.बि.स वार्ड नम्बर ६ को कित्ता नम्बर १ मा १६ विगाहा १६ कट्ठा १६ धुर,कित्ता नम्बर २ मा ३ विगाहा ५ कठ्ठा १० धुर र कित्ता नम्बर ३ मा १ विगाहा ४ कठ्ठा १६ धुर जग्गाको लिखत नम्बर ९२४/२ को २०८० भदौ २५ गते राजिनामाबाट चितवनको गा.बि.स दुबैली वार्ड नम्बर ६ बस्ने युवराज अधिकारी र कास्कीको माडी वार्ड नम्बर ७ बस्ने रुद्रनाथ सापकोटाले जि.टि.एच प्लास्टो इन्डष्टी प्रा.लि काठमाडौको नामम पास गरेको देखिन्छ ।
तर सो तीनवटै कित्ता नम्बरमा रहेको जग्गा सरकारी जग्गाको अभिलेखमा समेत रहेको मालपोत कार्यालयले जनाएको छ ।
उक्त सरकारी जग्गाको कागजातमा अधिकारीको हस्ताक्षर वास्तविकता विवरण लगायतका कुरा नक्कली रहेको भेटिएको मालपोत बाराको दाबी छ ।
यता बारा प्रहरीले पनि सरकारी जग्गा किर्ते गरेको आरोपमा दुईजना पनि पक्राउ गरेको पुष्टी गरेको छ । यो विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकासंग बुझ्दा दुई जना पक्राउ परेको तर उनीहरु उपर थप अनुसन्धान भईरहेकाले नाम गोप्य राखिएको बताएका छन ।