पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा मंगलवार देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
एकता दिवसको रुपमा पनि मनाउदै गरिएको यो दिन विगतका बर्षहरुभन्दा धेरै बढि जनसहभागितामा राजसस्था र राजा सर्मथकहरुले विभिन्न ¥याली, सभा, जुलुस जस्ता कार्यक्रमहरु गरि पृथ्बी जयन्ती मनाएका छन ।
पृथ्वी जयन्तीका अवसरमा मंगलवार बारा र पर्सामा पनि वृहद ¥याली प्रर्दशन गरि मनाईएको छ ।
सो अवसरमा वीरगञ्जमा पनि ¥याली निकालिएको छ । जयन्तीका अवसरमा नेपाल राष्ट्रबाद सँघ वीरगञ्जले उक्त ¥याली निकालेको हो ।
¥यालीले वीरगञ्ज महानगरको बिभिन्न भागको परिक्रमा गरेको थियो ।
¥यालीमा सहभागी भएकाहरुले राजा आउ देश बचाउ, हाम्रो राजा प्राण भन्दा प्यारो छ, जस्ता नाराहरु लगाएका थिए ।
¥याली पश्चात घण्टाघरमा आयोजित कोण सभामा सहभागीहरुले नाचगान गरि राजाको योगदानको बारेमा चर्चा गरेका थिए ।
उनीहरुले गणतन्त्र चाहिदैन, राजा ल्याउ देश बचाउ, ६ वटा राजाहरु चहिदैन, सँघीयता खारेज गर, राजतन्त्र जिन्दाबाद लगायतका नाराहरु लगाएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पृथ्बी जयन्तीको अवसरमा ¥याली निकालेको थियो । उक्त्त ¥यालीले पनि महानगरको बिभिन्न भागहरुको परिक्रमा गर्दै घण्टाघरको उतरतर्फ रहेको खाली जग्गामा आएर कोण सभा सम्पन्न गरेको थियो ।