सीके राउतको बाह्य शक्ति केन्द्रबाट परिचालित छन– उपेन्द्र यादव

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 459
पढ्न लाग्ने समय : 1 मि.

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेसका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको बताएका छन ।

बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार समेत यादवले जिकीर गर्दै यादवले भने, ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी रहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नैपर्छ यादवको भनाई छ ।’

बैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका यादवले चुनावी अभियानका क्रममा यस्तो बताएका हुन । उनले बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जीत सुनिश्चित भइसकेको दाबी ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका बताए ।

सोही क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवृत्तिको भएको देश बाहिरको शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बनाउन चाहेको आरोप लगाएका हुन् ।

सोमबारको घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको सक्रिय सहभागिता थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।