जसपाद्धारा डा. बावुराम भटराई सहित ९ जनालाई पदमुक्त

गढीमाईखवर डट कम
146 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/
जनता समाजबादी पार्टीका सँघीय परिषद अध्यक्ष डा.बाबुराम भटराई,महिन्द्र यादव सहित ९ जनालाई पार्टीको सधारण सदस्य समेत नरहने गरि निगकासन गरिएको जनता समाजबादी पार्टीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको हित बिपरित अनुशासनहिन कार्य गरेको तथा पार्टीलाई फुटाउने कार्य गरेकाले भटराई सहित नौ जनालाई सधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्काशन गरिएको जानकारी दिए ।

पार्टीको दुई तिहाई भन्दा पनि बढी सदस्य उपस्थित केन्द्रिय समितिको असार २९ र ३० गते वीरगञ्जमा सम्पन्न बैठकले भटराईसहित नौ जनालाई निष्काशन गर्ने निणर्य गरेको उनले बताए ।‘पछिल्लो समय निरन्तर रुपमा पार्टीको हित बिपरित पार्टी फुटाउनको लागि हस्ताक्षर सँकलन गर्ने,अनुशासनहिन कार्य गर्दै आउनु भएका भटराईसहित नौ जना नेतालाई निष्काशन गरिएको छ,यादवले भने,‘बाबुराम भटराई,महेन्द्र राय यादव,गँगा नारायण श्रेष्ठ,हिशिला यमी,प्रशान्त सिँह लगायत नौ जनालाई पार्टी तोडने प्रयास गरेको,छुटै पार्टी खोल्ने निणर्य समेत गरिसकेकाले उहाँहरुलाई पार्टीमा सम्हालेका पद सम्पुणर् जिम्मेवारीबाट मुक्त गरिएको छ ।

’अगामी दिनमा पार्टीको बिधान अनुसार अघि बढेर बैकल्पिक शक्ति निर्माणमा अघि बढने उनको भनाई थियो ।पार्टीको केन्द्रिय समिति र केन्द्रिय कार्यकारिणी समिति समेत पुर्नगठन गरेर पार्टीलाई गतिशिल बनाएर अघि बढाउने यादवले जिकिर गरे ।अर्को प्रसँगमा उनले अगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचनमा पाँच दलीय गठबन्धनसँगै चुनावमा जाने पनि जानकारी दिए ।

जसपा पाँच दलिय गठबन्धनसित मिलेर पनि चुनाव जान सक्ने र एक्लै समेत निर्बाचन लडन सक्ने क्षमता राखेको यादवको दाबी थियो ।सँसदमा अहिले दर्ता भएको नागरिकता बिधेयक केही दिनमै फास्ट ट्रयाकबाट पारित हुने पाँच दलबीच सम्झदारी भएको र त्यसै अनुसार चाँडै उक्त बिधेयक पारित भईसक्ने यादवले बिश्वास ब्यक्त गरे ।पछिल्लो समय जनता समाजबादी पार्टीभित्र सँघीय परिषद अध्यक्ष भटराई र अर्का अध्यक्ष यादव बिच कुरा नमिलेर बिबाद हुदै आएको थियो ।

साझा गर्नुहोस्