सुवणर् गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस बिजयी

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 1 मिनेट

बाराको सुवणर् गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन ।

गाउँपालिकाको प्रमुखमा काँग्रेसका राजेश प्रसाद यादव बिजयी भएका छन ।

उनले ५ हजार ३ सय ५१मत प्राप्त गरि निवर्तमान पालिका अध्यक्ष तथा जसपाका महेन्द्र प्रसाद यादवलाई पराजित गरेका हुन ।

यादवले ३ हजार १ सय ३७ मतमा चितबुझाउनु परेकाहो ।त्यसै गरि नेपालीकाँग्रेसकी पुनमकुमारीले ३ हजार ९ सय ८० मत प्राप्त गरि उपाध्यक्षमा बिजयी भएकी छिन ।

उनको निकटतम प्रतिद्धन्द्धी जसपाकी उपाअध्यक्ष राजपति देवी यादवले ३ हजार ३ सय ४८ मतप्राप्त गरेकी थिईन ।

उक्त पालिकामा २०७४ सालको निर्वाचनमा जसपाको तर्फबाट महेन्द्र यादव अध्यक्ष र जसपाबाट नै उपाअध्यक्षमा बबिता यादव निर्वाचित भएको थिए ।

अध्यक्षले २ हजार २ सय १४ मतको अन्तरले बिजयी भए भने उपाअध्यक्ष ६ सय ३४ मतले बिजयीभएका हुन ।

उपाध्यक्षमा विजयी हुने पुनमकुमारी संविधान सभा सदस्य रामअयोध्यायादवको बुहारी हुन ।

सुवणर्मा जित पछि काँग्रेसले बारामा पालिकाहरुमा जितको खाता खोलेका छ ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *