चार चरणमा भयो सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि सम्बन्धी कार्यक्रम

गढिमाइ खबर
77 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : कम्प्युटर एसोसिएसन नेपाल महासंघ बारा शाखाको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा चार चरणको कार्यक्रम बुधबार सम्पन्न भएको छ।

डिजिटल संसार अझ सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो। बाराको कलैया उपमहानगरपालिकाको सभा हलमा सम्पूर्ण कर्मचारीहरुलाई एक कार्यक्रम प्रशिक्षित गरिएको छ।

जेठ २० गते मंगलवारदेखि सुरु भएको सो कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष सुभाष खड्काले प्रशिक्षण दिएका हुन्। उनले डाटा,इन्टरनेट,साइबर अपराध,विधुतीय अपराध,एप्स,नेटवर्क ,डिभाइस,जिमेल,फेसबुक,बैंक डाटा,मोबाइल हयाकिंग,ग्लोबल इन्टरनेट,सेकुरिटी एण्ड ट्रष्ट लगायतका कुराहरुमा सहभागिहरुलाई जानकारी दिएका थिए। सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कानुनी पक्षहरू र त्यसबाट बच्ने उपायहरूबारे समेत उनले उक्त कार्यक्रममा जानकारी दिएका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवंम् नगर प्रमुख विनोदप्रसाद साहले अहिलेको युग साइबर युग भएको जनाए। उनले साइबर अपराधबाट सचेत रहन सम्पूर्ण कर्मचारीहरुलाई सुझाव दिए।सूचना तथा सञ्चार प्रविधिको प्रयोगले सहज,छरितो र प्रभावकारी सेवा प्रवाहमा मद्दत पु¥याएको उनले जनाए। यस प्रविधिसँगै बढ्दो साइबर अपराध र डाटा सुरक्षा सम्बन्धी चुनौतीहरू गम्भीर चिन्ताको विषय बनेको उनको कथन थियो।सरकारी सेवा प्रवाहमा संलग्न सम्पूर्ण कर्मचारीहरूले डिजिटल सुरक्षा सम्बन्धी आधारभूत ज्ञान राख्नु आजको आवश्यकता रहेको जनाउदै जथाभावी पासवर्ड प्रयोग नगर्न उनले आग्रह गरे। शंकास्पद इमेल वा लिंक नखोल्न उनले सुझाव दिए। डाटाको गोपनीयता कायम राख्न विशेष ध्यान दिन उनले आग्रह गरे ।

सो कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई जेठ २० गते दिइएको थियो। श्री दुर्गा नमुना माध्यमिक विद्यालय स्कुलका विधार्थीहरुलाई २२ गते,श्री ३ चन्द्र माध्यमिक विद्यालयका विधार्थीहरुलाई २४ गते र कलैया उपमहानगरपालिका का कर्मचारीहरुलाई २८ गते तालिम दिइएको हो।

क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नम्बर ५ का वडा अध्यक्ष किसुन राउत अहिर,शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत राजिव यादवको विशेष सहभागिता रहेको थियो। यस्तै क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्मा,उपमहानगरपालिकाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत क्यान बाराका निवर्तमान अध्यक्ष संजय केशरीले गरे। कार्यक्रमको सञ्चालन क्यानका जिल्ला सचिव विनोद साहले गरेका थिए।

साझा गर्नुहोस्