रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
साधारणसभामा संस्थाले प्रस्ताव गरेको १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७९÷८० मा असार मसान्तसम्मको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७९।०८० मा २ करोड ८ लाख ५३ हजार ४ सय रुपैया शेयर पुँजी ,जगेडा कोषमा २ करोड ३४ हजार , बचत सङ्कलन ८ करोड १८ लाख ७४ हजार र कर्जा परिचालन ११ करोड ७८ लाख ९४ हजार रुपैया रहेको संस्थाका सचिव कपिलदेव प्रसाद यादबको आदेशमा संस्थाका प्रबन्धक संतोष प्रसाद यादबले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले करिब १८ करोडको कारोबार गरी १ करोड १२ लाख २० हजार रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका अध्यक्ष गोपाल सिंह कंडेलको अध्यक्षता तथा बारा क्षेत्र न ४ क का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो ।
संस्थाले न्युनत्तममा १३ प्रतिशत र बढीमा १६ प्रतिशत दरमा शेयर सदस्यहरुलाई ऋण लगानी गरेको संस्थाका कोषाध्यक्ष किरणप्रकाश गिरीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले सहकारीहरुले शेयर सदस्यहरुको आर्थिक तथा समाजिक अवस्था उकास्ने क्रियाकलाब गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले राज्यले सहकारीमा दिने अनुदानहरु शेयर सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमको हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा अधिकृत सुधन चौधरीले सहकारीहरु संख्यात्तमक भन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना संस्थाका १० जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ भने यस बर्षको उत्कृष्ट कर्मचारी सम्मान बाट गोमा गिरि समानित हुनुभएको छ ।
१८ औं बार्षिक साधारण सभा कार्यक्रमको सहजीकरण सहप्रबन्धक आत्मराम अधिकारीले गर्नु भएको थियो ।संस्थाले आजै संस्थाले अधिवेशन सर्बसम्मत रुपमा सम्पन्न गरेको छ ।
संस्थाको अधिवेशन बाट अध्यक्षमा गोपाल सिंह कंडेल,उपाध्यक्षमा गणेशजी प्रसाद साह कलवार,सचिवमा कपिलदेव प्रसाद यादव,कोषाध्यक्षमा किरणप्रकाश गिरी पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितीको सदस्यहरुमा बिद्या महर्जन,मुन्नी कुमारी न्यौपाने र रमन प्रसाद चौधरी रहनुभएको छ ।
त्यस्तै श्याम कृष्ण सुबेदीको संयोजकत्वमा तीन सदस्य लेखा सुपरिवेक्षण समिती चयन गरिएको छ । लेखा सुपरिवेक्षण समितीको सदस्यहरुमा कल्पना थापामगर र अशोक प्रसाद यादब रहेका छन् ।