बारा प्रहरीले गोलि प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला मोतिहारी दर्पा थाना ग्राम पञ्चायत तिनकोनी वडा नं. १ सुक्लहिया टोल बस्ने कुम्ह महतोको छोरा २२ वर्षीय रुपेश कुमार महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराको पचरौता नगरपालिका वार्ड नं.६ नेपाल–भारत सीमा नजिक लक्ष्मिनियास्थित रहेको पोखरी डिल नीर नजिक असोज ९ गते अन्दाजी साँझ ६ ः१० बजे एक युवकको हत्या भएको थियो ।
भारतको जिल्ला मोतिहारी दर्पा थाना–१ सुक्लहिया गाँउ बस्ने अन्दाजी २२ वर्षीय अजित कुमार सिंहलाई गोली प्रहार हत्या भएको थियोे ।
सिंहको हत्या गरी फरार रहेका सुटर समूहका महतोलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।





