मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 236
पढ्न लाग्ने समय : 1 मि.

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बुधबार राति साढे ११ बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ स्थित पुर्व–पश्चिम सडक खण्डको बालगंगा पुल नजिक भएको दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार सिराहाको सिराहा नगरपालिका ७ बस्ने ३९ बर्षका सशी कान्त झा र नुवाकोटको बिदुर गाउँपालिका ७ बस्ने ३९ बर्षका सानु काजी चित्रकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

ना.२७ प ६३६ नम्बरको मोटरसाइकल निजगढबाट पथलैयातर्फ जादै गरेको अवस्थामा अनियन्त्रित भई दुर्घटना भएको थियो । उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा र चित्रकारको उपचारको क्रममा वीरगन्जको गण्डक अस्पतालमा बिहीबार बिहान सवा १ बजे मृत्यु भएको मिश्रले बताए । घटनाको समबनधमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।