बिल बिजक भन्दा बढी हार्डवेयर,औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा

गढिमाइ खबर
134 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

गढीमाई संवाददाता/

बिल बिजक भन्दा बढी हार्डवेयर,औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्जबाट झापातर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डबाट ना.१ ख ३२०१ नम्बरको मालवाहक ट्रकलाई जाँच गरेको थियो ।

सोक्रममा ट्रकमा लोड रहेको ४४ लाख ४३ हजार ३१७ बराबरको सामानहरु बिल बिजक भन्दा बढी भएको पाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

यस्तै वीरगञ्जबाट नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सडकखण्डबाट ना.४ ख ११२७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

उक्त ट्रकमा २० लाख ६५ हजार ९८० रुपैया बराबरको सामानहरु रहेकोमा बिल बिजक भन्दा बढी देखिएको प्रहरीको दाबी छ ।नियन्त्रणमा लिइएको दुबै ट्रकलाई आवश्यक कारवाहीको लागिे राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।

साझा गर्नुहोस्