जसपा पार्टीद्रारा दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति बाराले आइतबार बाराको महागढीमाई नगरपालिका –७ तेलकुवा स्थित रहेको महादेव स्थानको प्राङ्गणमा आयोजना गरेको शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ठुला तीन दलकै कारण देशको हालत विग्रदै गएको आरोप लगाएका छन ।

देशमा बहुदलीय व्यवस्था लागू भएको ३४ वर्षदेखि नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आए पनि उनीहरुले देश बनाउन नसकेको यादवले आरोप लगाए ।

उनले बहुदलीय व्यवस्था लागु भएपछि कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि देशका सबै उद्योग कलकारखाना बन्द भएको बताउँदै लाखौं व्यक्तिले रोजगारी पाएको देशका ठूलठूला उद्योग कलकारखानाहरु बन्द भएको जनाए । यसले गर्दा लाखौं युवा रोजगारी नपाएर कतार,दुबई,सउदी र मलेशिया लगायतका खाडी मुलुकमा श्रम गर्न जान बाध्य भएको उनले बताए।

भारत, रसिया र चीन सरकारको सहयोगमा नेपालमा स्थापित भएका सबै कारखाना ३४ वर्षमा बन्द भए, यसको जिम्मेवारी देशमा ३४ वर्षदेखि शासन गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्छ,’ जसपा अध्यक्ष यादवले भने, ‘आज शिक्षा क्षेत्र ध्वस्त भयो, कृषि ध्वस्त भयो, उद्योगधन्दा, कारखाना ध्वस्त भयो । गरिबी र बेरोजगारी बढ्दै गयो, यो सबै नेपाली कांग्रेस र एमालेको कारण भएको हो ।

जनता समाजवादी पार्टी नेपाल बाराका अध्यक्ष रामबाबु प्रसाद यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि जसपा पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा पुर्वउपप्रधानमन्त्री समेत रहेका बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यादवले चुरे उत्खनन् रोक्न सुझाव दिएका छन् ।

वर्तमान संविधान मधेश र मधेशी जनताको पक्षमा नरहेकोले संविधान संशोधन गरी मधेशी जनताको बाँकी रहेको अधिकार दिलाउन आफूहरु संघर्षरत रहेको अध्यक्ष यादवले बताए । विगतमा आफूले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीयता आएको तर अहिले देशी विदेशी शक्तिले संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए।

सो कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ क क्षेत्रीय सचिव कमल साह र जैसी यादवसहित ५० भन्दा बढी ब्याक्तीहरुले पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष समेत रहेका बारा क्षेत्र नम्बर ३ का पुर्वप्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव,बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पारस प्रसाद साह,जसपा पार्टी बाराका पुर्व अध्यक्ष अजय पटेल,बारा क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य शरदा शंकर साह कलवार,क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य बच्चा राउत अहिर,मधेश प्रदेशका पूर्वराज्य मन्त्री योगेन्द्र यादव,पार्टीका केन्द्रीय सदस्य रामकिशोर यादव,प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईं,बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल,करैयामाई गाउँपालिका का अध्यक्ष शम्भु प्रसाद यादव,देवताल गाउँपालिका का अध्यक्ष उदय प्रसाद यादव,सवर्ण गाउँपालिका का पुर्व अध्यक्ष महेन्द्र प्रसाद यादवले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन जसपा पार्टी नेपाल बाराका जिल्ला सचिव मुर्तुजा अन्सारीले गरेका थिए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *