अध्यारोमै बस्न बाध्य टाँगियाबस्तीमा बिद्युुतीकरण प्रक्रिया अघि बढ्यो

गढीमाईखवर डट कम
80 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादव /
लामो समय बिद्युुत नभएर अध्यारोमै बस्न बाध्य भएका जीतपुुरसिमरा उपमहानगरपालिकाको टाँगियाबस्तीमा बिद्युुतीकरण हुुने भएकोे छ ।

बिद्युुतीकरण गर्नका लागि सरकारले २ करोड ६० लाखको टेन्डर समेत आहवान गरिसकिएको छ ।

उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री पम्फा भुुषालले, उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की र बिद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङ्गसँगै टाँगियाबस्तीमा पुुगी टाँगिया बस्तीका बासिन्दाहरुलाई यो जानकारी दिनुुभएको हो ।

मानिसलाई बत्तीको उपभोग गर्न पाउँनुु जनताको मौलिक अधिकार भित्र पर्ने भएकाले बिद्युुतीकरणको कार्यलाई अगाडि बढाईएको मन्त्री भुुसालले जानकारी दिनुुभयो ।

अहिलेको समयमा ग्यास ,तेल लगायतको मुुल्य बृद्धि भएर आकाशिने क्रममा रहेकाले त्यसको बिकल्पको रुपमा बिद्युुतको प्रयोग बढाउँनुुपर्नेमा जोड दिनुुभयो ।

उहाँले जनताको आवश्यक्तालाई महसुुस गर्दै बिद्युुतको मुुल्य ५० प्रतिशतले घटाएको दाबि गर्नुुभयो ।

सँस्कृति ,पर्यटटन तथा नागरिक उडड्न मन्त्रालयले टाँगिया बस्तीका क्षेत्रभित्र दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्ने योजना रहेकाले सो सार्बजनिक जग्गामा बसोबास गर्ने बासिन्दाहरुलाई अन्य क्षेत्रमा स्थानान्तरण गर्ने सरकारको तयारी छ ।

दोस्रो अन्तराष्ट्रिय बिमान स्थल निर्माणको प्रक्रिया अघि नबढ्दासम्मकोलागि त्यहाँ बसोबास गर्ने सम्पुुर्ण बासिन्दाहरुलाई बिद्युुत उपभोग गर्ने बाताबरण संस्कृति,पर्यटन तथा नागरिक उडड्न मन्त्रालयसँग मिलाईएको मन्त्री भुुसालले जानकारी दिनुुभयो ।

बढीमा दुुई महिना भित्र बिद्युुतीकरण हुुने लक्ष्य राखिएको छ । टाँगियाबस्तीमा १७ सय घर धुुरीमा करिब १० हजार जनसङख्याको बसोबास रहेको छ ।

केही महिना अगाडि माओवादी केन्द्रका जन प्रतिनिधि तथा नेताकार्यकर्ताहरु उर्जा मन्त्रालयमा डेलिगेसन गई टाँगियाबस्तीमा बिद्युुतीकरणको माग गरेका थिए ।

साझा गर्नुहोस्