जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको अधिवेशनमा कुटाकुट र तोडफोड

गढीमाईखवर डट कम
56 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रञ्जन यादब
बारा ३१ जेठ
बाराको रामबन स्थित जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको १३ औँ बार्षिक सभा तथा अधिवेशनमा कुटाकुट र तोडफोड भएको छ ।

जनजागरण मध्यवर्ति सामुदायिक बन उपभोक्ता समुहको निबर्तमान अध्यक्ष तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले कार्यसमितीमा भएका ब्यक्तिहरुको नाम सार्बजनिक गरेपछि आक्रोसित स्थानीयले कुर्सि,सोफा ,टेबल ,साउन्डबक्स लगायतका सामग्री तोडफोड गरेका हुन् । उनीहरुले सर्बसम्मत रुपमा वा निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्यहरुको नाम छनोट गनुृपर्नेमा जोड दिएका छन् ।

वडा अध्यक्ष तारा कार्कीले सागर लामाको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिती एक्लौटी रुपमा चयन गरेका आरोप लागेको छ । वडा अध्यक्ष कार्कीले चयन गरेको पदाधिकारीहरुमा सचिवमा अजय चौधरी ,उपसचिवमा अमर बहादुर गुरुङ्ग ,कोषाध्यक्षमा कमरुल अंसारी रहेका छन् । त्यस्तै सदस्यहरुमा धन कुमारी के.सि.बुद्धिमाया तमाङ्ग ,पिन्चे पाख्रिन ,सोम माया पाख्रिन ,राकेश लामा ,आलि आबिद हुसेन ,जय लाल महत्तो ,दासी माया महत्तो ,लाल बाबु गुप्ता ,साबित्रि बिकका नामहरु रहेका छन् ।

त्यस्तै देवनारायाण चौधरीको संयोजकत्वमा साँत सदस्सी सल्लाहकार समिती र शुक्रराज श्रेष्ठको संयोजकत्वमा साँत सदस्सीय अनुगमन समिती गठन गरिएको छ ।उस्तै सोम बहादुर दोङ्ग संयोजक रहने गरी तीन सदस्सीय लेखा समिती चयन गरिएको छ ।

यता वडा अध्यक्ष तारा बहादुर कार्कीले बन्द सत्रबाट आफुले सर्बसम्मत रुपले कार्यसमिती चयन गरेको दाबी गरे । उनले बनको जग्गा हडप्ने मानसिकता बनाएर लागि परेको केही भुमाफियाहरुले पैसा खोवाएर मानिसलाई झड्प गर्न उत्प्रेरित गराएको बताए ।

आफुहरुले त्यस्ता ब्यक्तिहरुको बिरुद्ध प्रहरीमा उजुरी समेत गरेको जानकारी दिए । नव गठित कार्यसमितीको बिषयमा अहिलेसम्म कुनै उजुरी वा गुनासो आफनो टेबलमा नआएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले बताउँनुभयो । आफुले पनि जनजागरणमा भएको बिवादको बिषयमा सुनेको तर आफनो टेबलमाा लिखित रुपमै गुनासो आएको खण्डमा शिघ्र रुपमा एक्सन लिने जानकारी दिनुभयो ।

साझा गर्नुहोस्