बारा–३ मा रास्वपाका अरविन्द साह भारी मतान्तरसहित विजयी

गढिमाइ खबर
179 पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

‎निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मन्सुरले १० हजार ५२ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। नेकपा एमालेकी उम्मेदवार ज्वाला कुमारी साहले ५ हजार २ सय ७१ मत ल्याएकी छन्।

‎त्यस्तै जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत पाएका छन्।

बारा–३ मा रास्वपाका अरविन्द साहले अन्य उम्मेदवारभन्दा उल्लेखनीय मतान्तर कायम गर्दै सहज जित हासिल गरेका छन्। यस जितसँगै उक्त क्षेत्रमा रास्वपाले महत्वपूर्ण राजनीतिक सफलता हासिल गरेको छ।

साझा गर्नुहोस्