बाराको दुई उपमहानगरपालिका मध्ये एक कलैया उपमहानगरपालिकामा नेकपा एमालेले जीत निकालेको छ ।
कलैयमा सत्ता गठबन्धनलाई भारी मतले पछि पार्दै एमालेले प्रमुख तथा उपप्रमुखमा विजयी भएको हो ।
शुरु देखिअग्रता बढाउदै आएका नेकपा एमालेका नगरप्रमुखका पदका उम्मेदवार बिनाद साहले २४ हजार एक सय ३९ मत ल्याएर नगरप्रमुख पदमा विजयी भएका छन ।
उनका निकटत्म प्रतिद्धन्दी नेपाली गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश राय यादवले १८ हजार पाँच सय ४० मत पाएका थिए ।
साहले झण्डै साढे ५ हजार भन्दा वढि मतले यादवलाई पछि पारेका हुन ।
यता उपप्रमुखमा पनि नेकपा एमालेकी रौसन प्रविण विजयी भएकी छिन । उनले १९ हजार २ सय ५१ मत ल्याएर विजयी भएकी हुन ।
उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले १८ हजार ३ सय २ मत ल्याएका थिए ।
गुप्ता भन्दा निर्वाचित प्रविणले झण्डै ९ सय ४९ मत वढि ल्याएकी थिईन ।
प्रमुख पदमा पराजित यादव नेपाली काँग्रेसका जिल्ला सभापति तथा निवर्तमान नगरप्रमुख हुन भने उपप्रमुख पदमा पराजित गुप्ता संविधानसभा सदस्य हुन ।