एक लाख एकहत्तर हजार दुई सय अस्सी नगद सहित जुवातास खेल्ने तेह्र जना पक्राउ

गढिमाइ खबर
117 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । बारा प्रहरीले एक लाख ७१ हजार दुई सय ८० नगद सहित जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित बस्ने मोतिलाल प्रसादको घरमा छापा मार्दा उक्त रकम सहित जुवातास खेल्ने १३ जना लाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाली रू.१ लाख ७१ हजार २ सय ८० रूपैया समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त रकमसहित १३ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

साझा गर्नुहोस्