रञ्जन यादब /
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जुनसुकै मुल्यमा निजगढ विमानस्थलको कामलाई तीव्रता दिने बताएका छन् ।
पुुर्व प्रधानमन्त्री नेपाल सहितको उच्च स्तरिय टोलीले बाराको टाँगियाबस्तीको निरिक्षण गर्ने क्रममा सो कुुरा बताएका हुुन् ।
अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गर्ने सरकारी योजना सुनाउँदै यहाँको बस्तिको उचित ब्यवस्थापन गर्ने विषयमा टोलीले स्थानियसँग अन्तरक्रिया समेत गरेको छ ।
निरिक्षण टोलीमा सरकारका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, सस्ंकृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ, वन मन्त्री रामसहाय यादव, टोलीमा सहभागि थिए ।
यस्तै बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका मन्त्रीहरु, संघिय सांसद, नेता तथा नेपाल सरकारका सचिवहरु सहित करिब ३ दर्जन उच्चपदस्थ टोलीमा सहभागि थिए ।
यस क्रममा पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जुनसुकै मुल्यमा निजगढ विमानस्थलको कामलाई तिव्रता दिने योजना सुनाएका थिए ।
नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसले अघि सारेको योजना भएकाले काँग्रेस यसकार्यलाई सफल पार्ने पयत्नमा रहेको बताए ।
यसैगरी टाँगियाका जनतालाई उच्च प्राथमिकतामा राखेर स्थानातरण गर्ने विषयमा सरकार गम्भिर ढंगले लागेको पर्यटन मन्त्री आलेले बताए ।
यसकार्यको थालनि भैसेकेको भन्दै आलेले यसै सरकारले स्थानियको उचित ब्यवस्थापन गर्दै विमान स्थल निर्माणलाई तीब्रता दिने बताए ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १६ को सो बस्तीमा १ हजार ४७६ बढी घरपरिवारमा १२ हजारबढी मानिस बसोबास गर्दै आएका छन् ।
यहाँ हालसम्म बत्ति विजुली, टेलीफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रोे सुविधा छ ।