प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ३ मा कुल ६७.६ प्रतिशत मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतका सहायक प्रमुख निर्वाचन अधिकृत राजकुमार दहालका अनुसार उक्त निर्वाचन क्षेत्रमा रहेका कुल १ लाख १३ हजार ५ सय २१ मतदातामध्ये ७६ हजार ७ सय २२ जनाले मतदान गरेका छन्।
मतदान गर्नेहरूमा महिला मतदाता ३६ हजार १ सय ९९ जना रहेका छन् भने पुरुष मतदाता ४० हजार ५ सय २३ जनाले मतदान गरेका छन्।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिले सर्वदलीय बैठक चलिरहेको र केही बेरमा गणनाको तयारी भइरहेको बताइएको छ।
बाराको निर्वाचन क्षेत्र ३ मा ६७.६ प्रतिशत मत खस्यो,केही बेरमा मतगणना शुरु हुने
साझा गर्नुहोस्









