भ्रष्टाचार किंङ्ग‘ भनिएका अमित गिरिमाथि स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप

गढिमाइ खबर
237 पाठक संख्या

वीरगञ्ज : भ्रष्टाचार काण्डका दर्जनौ मुद्दामा मुछिएका पर्साको कालकिामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरि माथि गम्भीर आरोप लागेको छ। कर्मचारी भित्र भ्रष्टाचार किंङ्ग‘ ले प्रख्यात व्यक्ति गिरिमाथि जनस्तरबाट कारवाही गर्ने आवाज उठेको छ।

बजेट दुरुपयोग र करार कर्मचारी भर्नाबाट रकम उठाउने कार्यमा मिडियामा चर्चामा रहेको गिरिलाई कालिकामाई गाउपालिकाका नयांपुस्ता आन्दोलनले कहिलै कार्यालय नआउने र स्र्कापियोको भाडामा मात्र एकलाख खर्च गरेको भन्दै कार्यवाही गर्न मांग गरेको छ । कालिकामाईमा बिगत तीन आर्थिक वर्षदेखी रहेका गिरिमाथि कुनै प्रकारको पारदर्शिता नअपनाएको आरोप लागेको छ।

पालिकाको वेबसाइट अपडेट छैन । सार्वजनिक सुनवाई वां अन्य कुनै माध्यमबाट आम्दानी खर्च सार्वजनिक गरेका छैन्न । गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय शासनमा गम्भीर संकट उत्पन्न भएको र तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेकाछन्। उनीमाथि आर्थिक पारदर्शिता, स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप स्थानीयको छ।

उनि अधिकृत भएर पर्सा बाहिर गएका छैन्न । २०७० देखी ८० सम्म एमाले निकट निजामती कर्मचारी संगठनको पर्सा अध्यक्ष उनी रहेका थिए। आलोपालो गरि पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी र हाल कालिकामाई गांउपालिकाको प्रमुख रहेका र पालिका छाडदा लेखाजोखा दिदैन्न ।

जिल्ला हुलाक कार्यालय ,पर्साको लाखौ भाडा आउने जग्गालाई कमिशनको भरमा कौडीको भाउमा लिजमा दिएको आरोप उनीमाथि रहेको छ। कोरोना कालमा जगरनाथपुर गाउपालिकामा हुदा बनदेवी सप्लायर्सको नाममा मास्क,सेनटिाइजर र चामल वितरणमा अढाई करोड निकासा गरेकोमा सामान वितरण नभएको कारण अख्तियारमा मुदा छानबीनको क्रममा गिरिमाथि रहेको छ।

जिराभवानी गाउपालिकामा हुदा अर्जुन निर्माण सेवाको नाममा कामै नभएको नदी नियंत्रणको योजना देखाई एक करोड भुक्तानी दिएकोमा हाल अख्तियारमा छानबीन भइरहेको छ। पोखरिया नगरपालिकामा रहदा गिरिले अर्जुन निर्माण सेवा र बनदेवी सप्लायर्सलाई ७ करोडको गोप्य टेन्डर दिएर २० प्रतिशतको दरले १ करोड ४७ लाख अग्रीम भुगतानी दिएको र हाल महालेखा परिक्षणले सो रकम बेरुजु भन्दै असुल गर्न निर्देशन गरेको छ।

बन्दिवासनी गाउपालिकामा रहदा गिरिले २२ जना कर्मचारी भर्ना बाट ४४ लाख तथा तालिम गोष्ठी संचालन नै नगरि कर्मचारीलाई दिएको लाखो रकम पेश्की असुल उपर गर्न महालेखाको प्रतिवेदनमा देखिएको छ। कालिकामाईमा रहदा मोबाइल, एसी, कुलर, लगायतका बिलासी वस्तु खरिदमा १ करोड ३० लाख खर्चमा छानबीन भइरहेको छ। त्यसैगरि गाडी भाडा ,र अन्य खरिद तथा योजनामा करौडो भ्रटारचार गरेको अख्तियारमा मुद्दा छानबीनको क्रममा रहेको छ।

प्रशासकीय अधिकृत गिरी वर्षभरिमा पाँच–छ पटक मात्र कार्यालय पुग्ने गरेका छन्।उनले स्कार्पियो गाडीको मासिक एक लाख रुपैयाँ भाडा भने गाउँपालिकाको बजेटबाट नियमित तिरेको पाइन्छ । कार्यालय नगइकन पनि सार्वजनिक स्रोतको दुरुपयोग गर्नु भ्रष्टाचारको प्रत्यक्ष प्रमाणका रूपमा हेरिएको छ।

साझा गर्नुहोस्